विदेश

नेपाली महिलालाई ट्रम्पको धक्का

नेपाली महिलालाई ट्रम्पको धक्का

फागुन १ । सन २००२ को एक विहान पत्रकार सुबिना श्रेष्ठले काठमाडौंको जेलमा १५ वार्षिया सीता तामाङलाई भेटेकी थिइन ।

तामाङलाई बिवहा गर्ने बाचा गरेर प्रेमीले गर्भवती बनाएका थिए । पछि प्रेमीले उनलाई शक्ति दिने भनेर एक चक्की दिए जसले उनको गर्भपतन गरायो । गैरकानुनी कदमका लागि अदालतले उनलाई जन्मकैद सुनायो । सन ९० को दशकको अन्त्यतिर नेपालका जेलमा उनीजस्तै कथाव्यथा बोकेका ८० महिला थिए । सीतालाई भेटेको दुईमहिना पछि नेपालमा गर्भपतन वैद्य ठहरियो र ती महिलाले माफि पाए ।

सन् २००१ मा जर्ज बुस राष्ट्रपति भएसँगै पहिलो दिनमै उनले विश्वभर गर्भपतन सेवा र परामर्श दिइरहेको आर्थिक सहयोग रोक्ने नियम लागू गरेका थिए । नेपालमा उक्त सहयोगमा काम गरिरहरको नेपाल परिवारनियोन संघले ठूलो धक्का बेहोर्यो । अन्य सेवाका लागि सहयोग लिइरहेका कतिपय क्लिनिकले गर्भपतन सेवा दिन छुट्टै पर्खाल लगाउनु पर्यो । एउटै व्यक्ति दुइवटा डाक्टर राख्नु पर्ने ।

बाराक ओबामा राष्ट्रपति भएसंगै त्यस्तो नियम हट्यो र प्रजजन सेवाका लागि सहयोग पुन सुचारु भयो । त्यसबीचमा थुप्रै ेपाली मध्यपूर्वमा काम गर्न जाँदा आम्दानी पनि बढ्यो । मातृ मृत्युदर घट्यो । इन्टरनेशनल न्युयोर्क टाइम्समा श्रेष्ठको टिप्पणी छ । पुनः राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको गर्भपतन विरोधी नीतिले त्यो प्रगातीलाई अहिले छायामा पार्दै छ ।

नेपाल

Donald Trump

विशेष