विदेश

यो एक तस्विरले संसारमा मच्चायो सनसनी

यो एक तस्विरले संसारमा मच्चायो सनसनी

फागुन १ । ब्रिटिस मोडल तमरा एकलेस्टनले इन्स्टाग्राममा २ वर्षकी छोरी सोफियालाई स्तनपान गराएको तस्बिर अपलोड गर्दा आलोचना खेप्नु परेको छ ।

उनको तस्विरले सार्वजनिक रुपमा महिलाले स्तनपान गराउन हुने या नहुने एक पटक फेरी यो पुरानो बहस ताजा गराएको छ । ३२ वर्षकी एकलेस्टनले आफ्नो तस्विर यस्तो तस्बिर अपलोड गरेपछि उनका कयौं फ्यान उनी विरुद्ध उत्रिए । लगतै उनले अर्को यस्तै तस्बिर अपलोड गरिन ।

आफ्नो तस्विर व्याख्या गर्दै उनले स्तनपानलाई प्रेम अनि पालनपोषणको बलियो प्रतिक भएको बताइन । यो प्रतिकलाई सामान्यबाट लाजमर्दो रुपमा स्थापित गरिएको उनले लेखेकी छिन् । किन विवाद ? केही व्यक्तिले स्तनपानलाई सार्वजनिक रुपमा प्रोत्साहित गर्नुको सट्टा यसमाथी प्रश्न खडा गरे । स्वास्थ्यको हिसाबले ३ वर्षसम्मको बच्चालाई अनिवार्य स्तनपान जरुरी मानिन्छ ।

कतिले त शिशुप्रति गरिएको यस्तो व्यवहार ठिक भएन भन्दै तस्विरमा प्रतिक्रिया दिनसमेत भ्याए । कतिले भने तस्बिरको बचाउ गर्दै प्रतिक्रिया दिएका छन्। एक महिला तस्बिरमा प्रतिक्रिया दिदैँ लेख्छिन, ‘मैले आफ्नो छोरीलाई ४ वर्षको उमेरसम्म स्तनपान गराए । मैले अहिले सम्म बुझ्न सकेको छैन कि यसलाई अनौठो रुपमा किन लिइन्छ।’ तमाराले लेखिकी छन् । स्वास्थ्यको दृष्टीले महत्वपूर्ण मानिने जान्दाजान्दै पनि ब्रिटेनमा कमै आमाहरु आफ्ना बच्चालाई स्तनपान गराउँछन् ।

Baby Stanpan

विशेष