बङ्गलादेशमा बस दुर्घटना, ११ को मृत्यु
फागुन–१ । बङ्गलादेशको नर्सिङगदी जिल्लामा दुई वटा यात्रुबहाक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटानमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
यस घटनामा परी अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी प्रमुख अमेना बेगमले जानकारी दिएको समाचार छ । दुई बालबालिका र चार महिलासहित एघार यात्रुको घटनास्थलमै मृत्यु भएको बेगमले जानकारी दिए । स्थानीय समयानुसार बिहान ९ बजे दुर्घटना भएका दुबै बसका घाइते यात्रुहरुको अवस्थापनि गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
एक मिनिबसले अर्को बसलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरी प्रमुख बेगमले जानकारी दिए । बङ्गलादेश सडक दुर्घटनामा परी अत्याधिक व्यक्तिहरुको मृत्यु हुने देशमा पर्दछ । रासस/सिन्ह्वा
बङ्गलादेश
बस दुर्घटना