विदेश

ट्रम्पका सल्लाहकारद्वारा अदालतकै आलोचना

ट्रम्पका सल्लाहकारद्वारा अदालतकै आलोचना

फागुन २ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक जना उच्च सल्लाहकारले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन गर्न नदिने संघीय पुनरावेदन अदालतको आलोचना गरेका छन् ।

ह्वाइट हाउसका सल्लाहकार स्टिफन मिलरले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्ने पक्षमा फैसला सुनाएको संघीय पुनरावेदन अदालतको आलोचना गरेका हुन् ।

अमेरिकाको संघीय पुनरावेदन अदालले गत बिहीबार वासिङटनको सिएटल संघीय अदालतले गरेको निर्णयलाई सदर गर्दै राष्ट्रपतिको आदेश तत्कालका लागि निलम्बित गर्ने फैसला गरेको थियो । ट्रम्प प्रशासनले सिएटल अदालतको फैसलाको विरोधमा पुनरावेदन अदालतमा अपिल दर्ता गरेको थियो ।

राष्ट्रपति ट्रम्पको ओदश विरुद्ध विभिन्न संघीय अदालतमा मुद्दा दर्ता भएका छन् र अमेरिकासहित विश्वभर प्रदर्शन भएको छ ।

Adalat Donald trum

विशेष