अमेरिकामा बाँध फुट्यो १ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिँदै

फागुन २ । अमेरिकाको उत्तर क्यालिफोर्निया स्थित सबैभन्दा ठूलो बाँध भत्किपछि एक लाख ३० हजार नागरिक बाढीको जोखिममा परेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
अरोभिले बाँधको एक भागमा ठूलो प्वाल परेपछि आसपासको क्षेत्र डुबानको जोखिममा परेको हो । आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भएको अधिकारीहरुले बताए । उक्त बाँधको उचाई ७ सय ७० फिट छ । बाँधको आकस्मिक ढोका खोलिएको छ ।
धेरै पुरानो बाँध भएकाले भत्कने अवस्थामा पुगेको अधिकारीहरुको भनाई छ । बाँधमा एउटा प्वाल परेपछि सिंगो बाँध नै भत्कने अवस्थामा पुगेको हो । तर त्यसअघि नै आकस्मिक ढोका खोलेर पानी निकास गर्नुपरेको बताइएको छ ।
America