विदेश

महारानीको ट्वीटर चलाउनेलाई २० हजार पाउण्ड तलब

महारानीको ट्वीटर चलाउनेलाई २० हजार पाउण्ड तलब

फागुन २ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको व्यक्तिगत ट्विटर अकाउन्ट सञ्चालन गर्न वकिङघम दरबारले एक कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

महारानीको आधिकारिक वेबसाइटमा एक विज्ञापन गरी उनको ट्विटर सञ्चालन गर्न कर्मचारीको आवश्यकता रहेको जनाइएको हो । महरानीको व्यक्तिगत ट्विटर चलाउन छनोटमा पर्ने ‘डिजिटल सञ्चार अधिकृतले’ वार्षिक ३० हजार पाउन्ड पाउनेछन् । ट्विटरमा महरानीका २० लाख ७७ हजार फलोअर छन् ।

पूर्णकालीन रूपमा काम गर्ने सञ्चार अधिकृतको भूमिका रानीको ट्विटर अकाउन्टको व्यवस्थापन गर्ने, उनले गरेका समसामयिक कार्य र शाही परिवारको सार्वजनिक भूमिका बारेमा विश्वलाई जानाकारी दिनु रहेको छ ।

ट्विटर सञ्चालन गर्नुका अतिरिक्त ती सञ्चार अधिकृतले सामाजिक सञ्जाल फेसबुक र युट्युबमा महारानीका विषयमा पोस्ट गर्नुपर्ने र महारानीको विदेश भ्रमण, पुरस्कार वितरण कार्यक्रम र शाही गतिविधिलाई अभिलेखीकरण गर्नुपर्ने रहेकोे छ । शाही जागिर बृहत् प्याकेजसँगै सार्वजनिक भएको छ । नियुक्ति पाउने कर्मचारीलाई विभिन्न सुविधाका अतिरिक्त तालिम र पेन्सनको सुविधा प्रदान गर्ने योजना छ ।

उम्मेदवारीका लागि आवश्यक योग्यतामा विश्वविद्यालय तहको शिक्षा प्राप्त गरेको हुनुपर्ने, नयाँ विषयमा ज्ञान भएको र सिर्जनात्मक हुनुका साथै तस्बिर र भिडियोबारे राम्रो ज्ञान भएको हुनुपर्ने विज्ञापनमा उल्लेख छ । महारानीले आफ्नो ९०औँ जन्मदिनको अवसरमा गत जुन महिनामा आफैँले ट्विट गरेकी थिइन् ।

Elizabeth II London

विशेष