विदेश

इराकमा झडपका कारण पाँचकाे मृत्यु

इराकमा झडपका कारण पाँचकाे मृत्यु
फागुन–२ । इराकको राजधानी बगदादमा शिया समुदाय र प्रहरीबीचको झडपमा पाँच जनाको मृत्यु भएको छ । बगदादमा शिया धर्मगुरु मुक्तदा अल सदका हजारौं समर्थकले आयोजना गरेको र्यालीका क्रममा झडप हुँदा पाँच प्रदर्शनकारी मारिएका हुन् । भ्रष्टाचार र चुनाव आयोग गठनमा भएको अनियमितताको विरोधमा आयोजना गरिएको र्यालीमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको होे । झडपका क्रममा दुई सयभन्दा बढी घाइते भएका छन् ।

इराक झडप शिया समुदाय र प्रहरी

विशेष