News

शिक्षाध्यक्ष त्रिपाठीको गाडीमा आगलागी

शिक्षाध्यक्ष त्रिपाठीको गाडीमा आगलागी
फागुन - २ । नेत्रविक्रम चन्द निकट अनेरास्ववियु क्रान्तिकारी लगायत छ विद्यार्थी सङ्गठनका कार्यकताले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीको गाडी जलाएका छन्। चाबहिलबाट त्रिवि कार्यालय जाने क्रममा ललितपुरस्थित युनएन पार्कनजिक करिब बिहान १० बजेतिर बा २ च ५६५० नम्बरको उनीहरुले गाडी जलाएको त्रिपाठीले जानकारी गराए। ‘‘दुईजना युवाले गाडी रोकेर मलाई ओर्लन भने’’ उनले भने–‘‘म ओर्लन नमानेपछि पाखुरा तानेर गाडीबाट ओरालेर आगो लगाए।’’ स्ववियु निर्वाचनका सन्दर्भमा आफूहरुको मागबारे बेवास्ता गरेपछि शिक्षाध्यक्ष त्रिपाठीको गाडी जलाइएको क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले बताए। उनले स्ववियु निर्वाचनमा फर्जी विद्यार्थी भर्ना खारेजी गर्नुपर्ने, निर्वाचनको प्रक्रियामा सहभागी गराउनुपर्ने र निर्वाचनका लागि वातावरण बनाउनुपर्नेजस्ता माग आफूहरुले त्रिवि प्रशासनमा राखेपनि बेवास्ता गरी निर्वाचन प्रक्रिया सुरु गरेकाले आन्दोलनमा उत्रिएको बताए। त्रिपाठी स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक समेत रहेका छन्। रासस

सुधा त्रिपाठी

विशेष