विदेश

जापानलाई तर्साउन उत्तरकोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

जापानलाई तर्साउन उत्तरकोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण
फागुन - २ । उत्तर कोरियाले आइतबार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल भएको सोमबार दाबी गरेको छ । सतहदेखि सतहसम्म मध्यम र लामो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल भएको बताइएको छ । उत्तरी कोरियाको वरिष्ठ नेता किम जोङग उनको दिशा निर्देशनमा सो परीक्षण भएका उत्तरी कोरियाली समाचार समिति केसीएनएले जनाकारी दिएको छ । सन् २०१७ को सुरुपछि उत्तर कोरियाले गरेको पहिलो क्षेप्यास्त्र परीक्षण हो । साथै, उत्तर कोरियाको यस क्षेप्यास्त्र परीक्षण अमेरिकामा राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछिको पहिलो परीक्षणसमेत हो । स्थानीय समयानुसार आइतबार बिहान ७:५५ मा उक्त क्षेप्यास्त्र उत्तरी प्योङ्गयाङ्गको पश्चिमी प्रान्तमा अवस्थित बाङ्गयोन सैनिक हवाई अखडाबाट सुदूरपूर्व जापानी समुद्र (सि अफ जापान)तर्फ प्रहार गरी परीक्षण सम्पन्न गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको थियो । जापानी प्रधानमन्त्रीको अमेरिका भ्रमणकै मौका पारी जापानलाई तर्साउने नियतवश गरिएको यस परीक्षणको जापान तथा अमेरिका दुबैले आ–आफ्नै प्रकारबाट आलोचना गरेका थिए ।

Missile test north Korea North Korea Missile test

विशेष