विदेश

अमेरिकाको सबैभन्दा उच्च बाँध खतरामा, १ लाख ३० हजार बासिन्दालाई सुरक्षित स्थानमा जान अाग्रह

अमेरिकाको सबैभन्दा उच्च बाँध खतरामा, १ लाख ३० हजार बासिन्दालाई सुरक्षित स्थानमा जान अाग्रह
फागुन - २ । अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षका कारण देशकै सबैभन्दा उच्च बाँध ओरोभिल कम्जोर भएको छ । भारी वर्षाका कारण बाध कमजोर भएपछि ओरोभिल खतरामा परेको अन्तराष्ट्रिय संचार माध्यमहरूले जनाएको छन् ।
त्यहाँ वरपरका १ लाख ३० हजार बासिन्दालाई घर खाली गरेर सुरक्षित स्थानमा गएर बस्न सरकारी अधिकारीहरुले आग्रह गरेको छ । सरकारी अधिकारीहरुका अनुसार पानी भरिएपछि बाँधमा लगाइएको आपत्कालिन जल संरक्षण तटबन्ध टुट्न सक्ने खतार बेको छ । बाढीको आशंका गरिएको क्षेत्रका बासिन्दाहरुलाई तत्काल सुरक्षित स्थान जान आदेश दिइएको छ। समाचारमा बताइए अनुसार क्यालिफोर्नियामा धेरै वर्षदेखि सुख्खा खडेरी लाग्दै आएको छ। तर यो वर्ष भने भारी वर्षा र बरफ वर्षाका कारण जलाशयमा पानीको स्तर बढिरहेको छ। ओराभिल बाँधमा करीब ५० वर्षपछि यस्तो आपत्कालिन अवस्था आएको क्यालिफोर्नियाका जल संसाधन विभागले जानकारी दिएको छ। विभागका अनुसार तालमा जम्मा भएर बसेको पानी बाहिर ल्याउन प्रत्येक सेकेण्डमा एक लाख क्यूबिक फिट पानी बाँधबाट निकासी गरिएको छ। साथै बाँधको विषयमा सामाजिक सञ्जालमा समेत सन्देश पठाएर सर्वसाधारणलाई सुरक्षित स्थानमा जान विभागले अपिल गरेको छ। सन्देशमा सेक्रेमेन्टोको सय किलोमिटर उत्तरमा रहेको ओरोभिल शहरका १६ हजार स्थानीयबासीलाई उत्तरतर्फ स्थाननान्तरण गर्न आग्रह गरिएको छ।

ओरोभिल

विशेष