News

प्रेस युनियनद्वारा पत्रकार महासंघको कार्यालयमा तालाबन्दी

प्रेस युनियनद्वारा पत्रकार महासंघको कार्यालयमा तालाबन्दी
फागुन - २ । नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । युनियनका अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा पदाधिकारी तथा सदस्यसहितको टोलीले सोमबार महासंघको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो । युनियनले मंगलबार फागुन ३ गतेदेखि महासंघको जिल्ला अधिवेशन हुने वातावरण तयार नभएकाले सबै पत्रकारलाई अधिवेशनका नाममा हुने नाटक मञ्चनलाई अहसयोग गर्न पनि आह्वान गरेको छ । ताला लगाउनेक्रममा अध्यक्ष सिग्देलले अझैपनि महासंघको नेतृत्वले वार्तामा आएर सदस्यता विवाद विषयको हल खोज्नेछ भन्ने विश्वास व्यक्त गर्दै अन्यथा महासंघको परिस्थिति अझ जटिल मोडमा जाने चेतावनी दिए । उनले महासंघलाई कुनै अमुक दल विशेषको भातृसंस्थाकारुपमा लैजाने खतराबाट महासंघको साझा चरित्रलाई बचाउन बाध्य भएर तालाबन्दी गर्नुपरेको जानकारी गराए । कार्यक्रममा युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासंघले विधि, प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने गरेको कामप्रति युनियनले अवगत गराउँदा–गराउँदै पनि त्यसलाई बेवास्ता गरेकाका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । केन्द्रबाटै मनपरी सदस्य थप्ने काम हुँदा करिब तीन हजार नयाँ सदस्यता थपी संस्थागतरुपमा महासंघलाई कब्जा गर्ने र फरक विचार राख्नेलाई सदासर्वदा बाहिर राख्ने उद्देश्यबाट महासंघको उच्च नेतृत्व उद्यत भएको महासचिव शिवाकोेटीको भनाइ छ । युनियनले देशभरका ४० भन्दाबढी शाखामा महासंघको सदस्यतामा भएको अनियमितता, विभिन्न क्षेत्रीय संयोजक र केन्द्रीय समितिका जिम्मेवारले केन्द्रबाटै हुकुमी शैलीमा थपेका सदस्यता र नवीकरण गरिएको कार्य सह्य नभएको जनाएको छ ।

nepal patrakar mahasang

विशेष