रानीपोखरीको माटो सर्वेक्षण
फागुन–२ । रानीपोखरी सफा गर्नुपूर्व आज पोखरीमा रहेको माटाको सर्वेक्षण गरिएको छ । गत वर्ष वैशाख १२ को भूकम्पका कारण पोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेत क्षति पुगेको थियो ।
उक्त पोखरी पुनःनिर्माणकै अवसर पारी सयौँ वर्षपछि सफा गर्न लागिएको हो । पोखरीमा रहेको माटाले सोस्नुपर्ने भन्दा बढी पानी सोसेकाले खानी तथा भूगर्भ विभागले उक्त माटो सर्वेक्षण गरेकोे रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिए । साेमबार गरिएको सर्वेक्षण नतिजा दुई दिनपछि मात्र आउनेछ । नतिजापछि उक्त माटो पोखरीमा रहनका लागि कतिको उपयुक्त छ भन्ने जानकारी पाइने खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् मोनुका झाले जानकारी दिए ।
दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ । धेरै नदी, कुण्ड र तीर्थस्थलका जलले भरिएको ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’को पुनःनिर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदैछ।
गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका माछा बालाजु बाइसधारा र कमलपोखरीमा सारी पोखरी सफा गर्ने तयारी रहे पनि विविध कारणले गर्दा ढिला भइरहेको छ । रासस
माटो
रानीपोखरी
सर्वेक्षण