मन्त्रिपरिषद् बैठकः प्राविधिकतर्फका दिनेशचन्द्र पोखरेललाई कामु प्रमुख बनाउने निर्णय
फागुन - २ । मन्त्रिपरिषद बैठकले आज मध्यरातबाट अवकाश पाउन लागेका नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ठाउँमा कायममुकायम प्रमुखमा डा दिनेशचन्द्र पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली संशोधन गरेर प्राविधिकतर्फका एआईजी डा. पोखरेललाई कामुको जिम्मेवारी दिने निर्णय गरेको हो ।
आइतवार प्रहरी महानिरीक्षकमा नियुक्त गरिएका जयबहादुर चन्दलाई कार्यभार सम्हाल्न नदिन सर्वोच्च अदालतले रोक लगाएपछि निमित्त कसलाई तोक्ने भन्नेमा अन्यौल देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक बैठक बोलाएका थिए ।
मन्त्रीपरिषद् बैठकले सर्वोच्चमा विचाराधीन मुद्दाको किनारा नलागेसम्मका लागि डा पोखरेललाई कामु प्रमुखको जिम्मवारी दिने भएको छ । चन्दविरुद्ध सर्वोच्चमा परेको रिटमाथि फागुन ८ गतेका लागि पेशी तोकिएको छ ।
निवर्तमान महानिरीक्षक अर्यालले सोमबार साँझ अवकास पाएका छन् । उनले प्रहरी प्रधान कार्यालयबाट विदा लिइसकेका छन्
Dinesh Chandra Pokharel