विदेश News

पाकिस्तानको लाहोरमा शक्तिशाली बम विस्फोट, डीआईजीसहित १६ को मृत्यु

पाकिस्तानको लाहोरमा शक्तिशाली बम विस्फोट, डीआईजीसहित १६ को मृत्यु
फागुन - २ । पाकिस्तानको राजधानी लाहोरको पूर्व क्षेत्रमा भइरहेको विरोध प्रदर्शनका क्रममा एक शक्तिशाली बम धमका भएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार लाहोरमा स्थानीय फर्मासिस्टले संचालन गरेको विरोध प्रदर्शनको क्रममा एक मोटर साइकल चालक घुसेसँगै विस्फोट भएको हो । उक्त धमकामा १६ जना मारिएको बिबिसिले जनाएको छ । मृत्यु हुनेमा लाहोरका ट्राफिक प्रहरीका डिआईजी पनि रहेको समाचारमा बताइएको छ । उक्त बम विस्फोटमा परी कम्तीमा ४० जना घाइते भएका छन् । घाइते भएका मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको समाचार माध्यमहरुले जनाएका छन् । उक्त विरोध प्रदर्शन औषधि विक्रीसम्बन्धी नयाँ कानूनको विरोधमा भएको थियो ।

पाकिस्तान

विशेष