नेपाल अहिले नै ढुंगा, गिटी, माटो बेच्ने अवस्थामा पुगेको छैन–पूर्वराष्ट्रपति यादव
फागुन ३ । प्रथम तथा पूर्वराष्ट्रपति रामवरण यादवले ढुंगागिटी उत्खनन र निकासी खुला गर्ने सरकारी तारीलाई ‘राष्ट्रघाती’ कदम भनेका छन् । सरकारी तयारीको सर्वत्र विरोध भइरहेको बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘नेपाल अहिले नै ढुंगा गिटी बालुवा र माटो बेच्नु पर्ने अवस्थामा पुगेको छैन । देश बनाउने थुप्रै सम्भावनाहरु छन्’निजी सचिवालयमा उने भने । चुरे उत्खनन र निकासी खुला भए मुलुकमा प्राकृतिक विनाश र विपत्तिको श्रृङखला सुरु उनले उनले बताए ।
‘अन्तिम अवस्थामा सम्हालिने कोसिस भइरहेको बेला ६० प्रतिशत जनसंख्याको जीवन नै ध्वस्त हुने गरी यस्तो निर्णयको तयारी गर्नु अत्यन्त दुःखद कुरा हो ।’ –नागरिक दैनिकबाट