विदेश

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वारा राजीनामा

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वारा राजीनामा
फागुन ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले आफूले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । फ्लिनको रुससँगको सम्बन्धको   बारेमा उपराष्ट्रपति माइक पेन्सलाई ढाँटेको कुरा बाहिर आएको थियो । ट्रम्पले प्रशासन सम्हाल्नुअघि फ्लिनले रुससँग अमेरिकाले लगाएको प्रतिबन्धका बारेमा कुरा गरेको भनी ढाँटेका थिए । अन्र्तराष्ट्रिय समाचारसंस्थाका अनुसार उनको ठाँउमा सेवानिवृत्त जर्नेल डेभिड पेट्रायस नयाँ शुरक्षा सल्लाहकार बन्नेछन् । फ्लिन रुसको हातमा बिकेको भनी जस्टिस डिपार्टमेन्टले चेतावनी दिएको थियो ।

Michel Flyan

विशेष