विदेश

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वारा राजीनामा

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वारा राजीनामा
फागुन - ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले साेमबार राति राजिनामा दिएका छन् । ह्वाइट हाउसका अधिकारीहरूले फ्लिनले रसियासँग सम्पर्क गरेकाे अाराेप लगाएका थिए । रुससँग निकटसम्बन्ध भएको विषय सार्वजनिक भएपछि फ्लिनलाई राजीनामा दिन दबाब बढेको थियाे । केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पले सत्ता सम्हाल्नु पूर्व अमेरिकास्थित रुसी राजदूतसँग प्रतिबन्धका विषयमा छलफल गरेको दावी गरेका थिए । जुन विदेश नीतिको उल्लंघन मानिन्छ । उनले उक्त अाराेप फ्लिनले अस्वीकार गर्दै अाएका छन् । उनले उपराष्ट्रपति माइक पेन्सलाई पनि आफूले त्यस्तो कुरा नगरे भन्दै विश्वास दिलाएका थिए ।जसलाई हवाला दिएर पेन्सले फ्लिनका बचाउ गरेका थिए । फ्लिनको गतिविधि राष्ट्र हितमा नभएको भन्दै डेमोक्रेट नेताहरुले राजीनामा मागेका थिए । माइकल फ्लिन चुनाव प्रचारका समयमा ट्रम्पका निकै नजिकका सहयोगी मानिन्थे ।

Michael Flynn

विशेष