News

भारतद्वारा कैलाली र कन्चनपुरका सीमानाका ४८ घन्टाका लागि बन्द

भारतद्वारा कैलाली र कन्चनपुरका सीमानाका ४८ घन्टाका लागि बन्द
फागुन - ३ । कैलाली र कन्चनपुरका सीमानाका भारतले ४८ घन्टाका लागि बन्द गरेको छ । भारतको उत्तराखन्डमा फागुन ४ गतेदेखि हुने विधानसभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सिमाना जोडिएका कैलाली, कन्चनपुरका नाका सोमबार बेलुकी ५ बजेदेखि फागुन ४ गतेसम्मका लागि बन्द गरेको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन् । विधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतीय पक्षले सीमानाकामा उच्च सतर्कता बढाएको उपरीक्षक चन्दले बताएका छन् । उत्तराखन्ड राज्यमा पनि एकैदिन विधानसभा चुनाव परेकोले बैतडी र दार्चुलाका सीमानाका पनि यसअघि बन्द भइसकेका छन् । भारतले निर्वाचनका लागि सुरक्षा संवेदनशीलता देखाउँदै सीमानाका बन्द गरेको हो ।

Nepal-India सीमानाका

विशेष