विदेश

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनका सौतेनी भाइको मलेसियामा हत्या

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनका सौतेनी भाइको मलेसियामा हत्या
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको मलेसियामा मृत्यु भएको छ । उनको सोमबार विहान मलेसियाको राजधानी कोलालम्बपुरमा मृत्यु भएको हो । सोमबार मलेसियाको क्वालालाम्पुर विमानस्थलमा दुई महिलाले उनलाई बिष अाक्रमण गरेकाे दक्षिण कोरियाका सञ्चारमाध्यमले जनाएका छन् । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनकाे मृत्यु भएको विमानस्थलका अधिकारीले बताएका छन् । ती दुई महिलो उत्तर कोरियाका एजेन्ट भएको विश्वास गरिन्छ तर, दुबै महिलो प्रहरीको घेराबाट उम्किन सफल भएको संचार माध्यमले जनाएका छन् । किमलार्इ मलेसियानले प्रहरीले पहिचन गर्न नसकेपनि उनी नेता उनका सौतनी आमाका छोरा भएको दक्षिण कोरियाली सञ्चारमाध्यमको दाबी गरेका छन् । किमलाई सन् २००१ मा नक्कली पासपोर्ट बोकेको आरोपमा जापानमा पनि पक्राउ गरिएको थियो । उत्तर कोरियाले भने यसबारेमा केही प्रतिक्रिया दिएकाे छैन ।

किम जोङ नाम

विशेष