News

‘पाँचौँ संशोधन’ खारेजीको माग

‘पाँचौँ संशोधन’ खारेजीको माग
फागुन - ३ । सचेत नागरिक समूहले व्यवस्थापिका–संसद्मा पारित भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक ‘पाँचौँ संशोधन’ जीवजन्तुको संरक्षणको पक्षमा नरहेको भन्दै खारेजीको माग गरेको छ। मंगलबार आयोजित पत्रकारसम्मेलनमा नागरिक समूहका अभियन्ता आमोद दाहालले संसद्बाट पारित भएको वन्यजुन्तुसम्बन्धी ‘पाँचौँ संशोधन’ प्राकृतिक रुपमा स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारलाई कुण्ठित गरेको बताउँदै जीवजन्तुको स्वतन्त्र बाँच्न पाउने पशुकल्याण अधिकार विपरीत भएकाले सच्याउन आग्रह गरे। वातावरण संरक्षणकर्मी निरज गौतम, सृष्टिसिंह श्रेष्ठ, सङ्गीता सापकोटालगायतले जीवजन्तुको स्वतन्त्ररुपमा बाँच्न पाउने अधिकारलाई राष्ट्रिय निकुञ्ज तथा त्यस वरपर क्षेत्रमा कलकारखाना, होटल, रेस्टुरेंन्ट र यातायत खोल्न प्रतिबन्ध गर्नुपर्नेमा जोड दिए। उक्त विधेयकको दफा ९ को उपदफा २ मा कुनै पनि व्यक्ति, निकाय, उपभोक्ता समिति, स्थानीय निकाय, संस्थालाई अध्ययन वा अनुसन्धानका नाममा कुनै वन्यजन्तु प्रदान गर्न सकिने व्यवस्था छ। त्यस्तै दफा १५ ९ङ० बमोजिम विदेशी मुलुकलाई वन्यजन्तु उपलब्ध गराउन सकिने र दफा २० ९क० अन्तर्गत आखेटोपहार प्रयोग गर्न दिने वा नष्ट गर्न सकिने व्यवस्था छ । वन्यजन्तु संरक्षण अवधारणा विपरीत प्रावधान व्यवस्थापिका–संसद्बाट पारित गरिएकाले प्रावधानले तोकेबमोजिम कार्य भएमा वन्यजन्तु संरक्षणको क्षेत्रमा गम्भीर सङ्कट आउने बताइएको छ । सो विधेयक कार्यान्वयन भएमा वन्यजन्तु चोरी–सिकारीलाई सहज वातावरण तयार हुने र संरक्षित जनावरका अङ्ग तथा आखेटोपहारलाई विभिन्न मुलुकमा निर्यात गर्न सहज हुने, अधिक वन फँडानीको खतरा रहेको र जङ्गलको पर्यावरणमा असन्तुलन आउने समूहले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज व्यवस्थापिका–संसद्

विशेष