केरुङ नाका जाने सडक स्तरोन्नति गरिदिन्छौं भन्ने चिनियाँ प्रस्ताव प्रचण्ड सरकारले लुकायो
फागुन ४ । चनिले नेपाल सरकारलाई पठाएको एउटा प्रस्ताव अहिलेसम्म गुपचुप पारिएको छ । नत त्यसलाई निस्तेज पार्ने गरी काम नै अघि बढेको छ । अहिले चालु अवस्थामा रहेको नेपालीलाई उत्तरी छिमेकी चीनसँग जोड्ने एक मात्र केरुङ नाका जाने बाटो गल्छीसम्मै स्तरोन्नति गरिदिन्छौं भनि उताबाट आएको प्रस्ताव नै लुकाइएको प्रशंग हो यो । चीनले बनाइदिन्छौं भन्दा नेपालीले हामी आफै बनाउँछौं भन्यो । तर आफूसँग पैसा नभए एडिबी, विश्व बैंकसँग ऋण मागेर काम थाल्नु पर्नेमा त्यति पहलसम्म पनि हुन सकेन । स्याफ्रुबेसीदेखि यता सेनालाई लगाएर काम गर्छौ भनी सरकारले टार्दै लग्यो । ओली सरकारको बेला केही सुरसार भएको हो कि जस्तो देखियो तर अहिले सबै प्रक्रिया ठप्प छ । –जनआस्था साप्ताहिकबाट