News

प्रधानसेनापति राजेन्द्र क्षत्री ज्यू यो त अति भएन र ?

प्रधानसेनापति राजेन्द्र क्षत्री ज्यू यो त अति भएन र ?

फागुन ४ । नेपालमा आफ्नो चुनौतीपूर्ण कार्यकार सकेर घर जान लागेका भारतीय राजदूत रञ्जित रेलाई नेपाली सेनाले प्रधानसेनापति निवास शशि भवनमा आज (बुधबार) रात्रिभोज आयोजना गरेर बिदाई सम्मान दिँदै छ ।

उनी अर्को साता अवकाशपूर्ण अविवाहित जीवन बिताउन दिल्ली फर्किदै छन् । यसबीच, गत साता भएको प्रहरी प्रमुख बढुवामा वरियता मिचिएको विवादकै बीच कांग्रेस सभापति शेरबहादुर देउवाको कदमलाई भारतीय सेनापति नियुक्तिमा नरेन्द्र मोदीले गरेको हस्तक्षेपकारी कदमसँग तुलना गर्नेहरुको पनि कमी छैन । गोर्खा पल्टनबाट उठ्दै आएका दलवीर सिंहले १६ पुसमा अवकाश पाएपछि २६ औ सेनापतिको रुपमा तेस्रो वरियताका विपिन राउतलाई त्यहाको सैनिक नेतृत्व सुम्पिएको थियो । –जनआस्था साप्ताहिकबाट

Ranjit Ray

विशेष