भारतमा वायु प्रदुषणका कारण प्रत्येक वर्ष १० लाख मानिसको मृत्यु
फागुन ४ । वायु प्रदुषणको कारण भारतमा प्रत्येक वर्ष १० लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको एक प्रतिवेदन सार्वजनिक भएको छ ।
अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको अध्ययनले वायु प्रदुषणका कारण भारतको हावा विषाक्त बन्दै गएको र प्रत्येक बर्ष लाखौँको मृत्यु हुने देखाएको हो । प्रतिवेदनकाअनुसार वर्तमान अनुपातमै वायु प्रदुषण बढ्ने हो भने भारतको अवस्था चीन सरह हुने उल्लेख छ । चीन विश्वमै बढी वायु प्रदुषण हुने राष्ट्रको अग्रणी सूचीमा छ ।
हावामा पाइएका अति सुक्ष्म कण मानव स्वास्थ्यका लागि खतरनाक रहेको अनुसन्धानकर्ताले जनाएका छन् । प्रदुषणका कारण मृत्यु भएकामध्ये अधिकांशमा श्वासप्रश्वाससम्बन्धी रोग र फोक्सोको क्यान्सर रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
गत बर्ष विश्व स्वास्थ्य संगठन डब्लुएचओले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदुषण स्वास्थ्यका लागि निकै ठूलो चुनौतीपूर्ण बन्दै गएको उल्लेख थियो । भारतमा पछिल्लो समय कोइला खानी सञ्चालनमा बृद्धि भएसँगै वायु प्रदुषणको समस्या समेत तिब्र भएको प्रतिवेदनमा औल्याईएको छ ।
Fire In india India