विदेश

दार्जिलिङबाट कालिम्पोङ छुट्टियो, पश्चिम बंगालको हिस्सा बन्यो

दार्जिलिङबाट कालिम्पोङ छुट्टियो, पश्चिम बंगालको हिस्सा बन्यो

फागुन ४ । भारतको कालिम्पोङलाई फरक जिल्ला घोषणा गरिएको छ । योसँगै कालिम्पोङ पश्चिम बंगालको २१ औँ जिल्ला बनेको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले दार्जिलिङ जिल्लाबाट कालिम्पोङ छुट्टाउने घोषणा गरेको १४ महिना पछि कालिम्पोङ फरक जिल्लाका रुपमा स्थापित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यमन्त्री बेनर्जीले कालिम्पोङको खानेपानी समस्या समाधानका लागी ५० करोड रुपैयाँ समेत प्रदान गर्ने घोषणा गरेकी छन् । विधानसभाका विधायक तथा जनआन्दोलन पार्टीका अध्यक्ष हर्कबहादुर क्षेत्रीले कालिम्पोङलाई अलग जिल्ला बनाउने अभियान सुरु गरेका थिए ।

क्षेत्रीले आफ्नै पहलमा कालिम्पोङलाई जिल्ला बनाउन अभियान सुरु गरेका थिए कालिम्पोङलाई दार्जिलिङबाट अलग्याएपछि गोर्खाल्याण्ड आन्दोलन कमजोर हुने मुख्यमन्त्री बेनर्जीको रणनीति रहेको गोर्खा जनमुक्ति मोर्चाका नेताले प्रतिक्रिया दिएका छन् ।

नेपाली भाषी बाहुल्य क्षेत्रलाई अलग बनाउँदा गोर्खाल्याण्ड मागको आन्दोलन कमजोर बन्न सक्ने विज्ञहरुको भनाई छ । सन् १७०० मा सिक्किमको एक भाग रहेको कालिम्पोङ्ग सन् १८८५ मा एङ्लो भुटान युद्धपछि दार्जिलिङमा गाभिएको थियो । करिब दुई सय वर्षपछि कालिम्पोङ पुन दार्जिलिङबाट पनि अलग्गिएको हो ।

Bengal

विशेष