News

डडेल्धुरामा जीप दुर्घटना ५ जनाको मृत्यु

डडेल्धुरामा जीप दुर्घटना ५ जनाको मृत्यु
फागुन ४ । डडेलधुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह अमरगढी ३ ठूलोखोलामा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । गाडीका ११ जना यात्रु रहेकामा अन्य सबै घाइते छन् । घाइते तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल र्पुयाइएको छ । अन्यको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।

विशेष