News

डडेल्धुरा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ घाइते

डडेल्धुरा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ घाइते
फागुन – ४ । डडेलधुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र दुर्इ जनाको उपचारका क्रममा मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह अमरगढी ३ ठूलोखोलामा दुर्घटनाग्रस्त भएको हो । डडेल्धुराको भागेश्वर–४ का गणेश सार्की र कामदेव चटाैत, भागेश्वर–८ का लक्ष्मण भट्ट, जयानन्द भट्ट,  भागेश्वर–५ का नरपती पाण्डेकाे घटनास्थलमै ज्यान गएकाे हाे भने उपचारका क्रममा ज्यान गुमाउनेहरु भागेश्वर–५ का देवाकर पाण्डे सोही गाबिस–७ का पदम बहादुर मल्ल रहेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनामा परेर पाँच जनाको घट्नास्थलमा र दुर्इ  जनाको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । गाडीमा ११ जना यात्रु रहेकामा पाँच जना घाइते छन् । घाइते पाँच जनाकाे उप-क्षेत्रीय अस्पताल डडेल्धुरमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

road accident

विशेष