विदेश

चीनमा चक्कु आक्रमणबाट आठ जनाको मृत्यु

चीनमा चक्कु आक्रमणबाट आठ जनाको मृत्यु
फागुन–४ । चीनको अशान्त क्षेत्र सिन्जीआङ्गको एक भिडमा भएको चक्कु आक्रमणमा आठ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी तीन आक्रमणकारीसहित आठको मृत्यु भएको हो । मङ्गलबार साँझ पिसान काउन्टीमा भएको यस आक्रमणमा अन्य दश जना घाइते भएका नजिकैको सहर होतान सरकारले जानकारी दिएको छ । आक्रमण भएको केही समयमा नै प्रहरी यस आक्रमणको अनुसन्धान सुरु भएको जनाइएको छ । सन् २०१४ को मार्चमा चीनको दक्षिणपश्चिम प्रान्त कुन्मीङ्गमा एक रेल स्टेसनमा भएको चक्कु आक्रमणमा परी ३१ व्यक्तिको मृत्यु भएको थियो । यस आक्रमणमा चार जना आक्रमणकारी समेत रहेका थिए । रासस/सिन्ह्वा

आक्रमण चीन

विशेष