विदेश

अफगानिस्तानमा सुरक्षा फौजको भिषण कारबाही २६ जनाको मृत्यु

अफगानिस्तानमा सुरक्षा फौजको भिषण कारबाही २६ जनाको मृत्यु

फागुन ५ । अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा २६ जना लडाकूको मृत्यु भएको छ । कारवाहीमा अन्य आठ जना घाइते भएका छन् ।

‘गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा विद्रोहीविरुद्ध सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा २६ जना मारिएका छन, थप आठ जना घाइते भएका छन’, रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मृत्यु भएकामध्ये २२ जना इस्लामिक स्टेट (आईएस) आवद्ध लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ ।

देशभरका ३४ प्रान्तमध्ये ११ प्रान्तमा सरकारले पर्याप्त हातहतियारसहित संयुक्त सुरक्षा फौज बनाइएर सुरक्षा कारबाही तीव्र पारेको छ ।

विशेष