विदेश

पाकिस्तानमा भएको बम आक्रमणमा ७ जनाको मृत्यु

पाकिस्तानमा भएको बम आक्रमणमा ७ जनाको मृत्यु
फागुन ५ । पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा गराइएका दुई छुट्टाछुट्टै आत्मघाती बम आक्रमणमा सात जना मारिएका छन् ।  पाकिस्तानको मोहमन्द आदिवासी क्षेत्रमा भएको पहिलो आत्मघाती आक्रमणमा पाँच जना मारिएका छन् । मृत्यु हुनेमा तीन प्रहरी अधिकारी र दुई जना सर्वसाधारण नागरिक छन् । घटनाको जमात–उस–अहरारले आक्रमणको जिम्मेवारी लिएको छ । त्यस्तै पेशावरमा न्यायाधीश चढेको गाडीलाई लक्षित गरी गराइएको अर्को आक्रमणमा दुई जना मारिएका छन् । मारिनेमा न्यायाधीश चढेको गाडीका चालक र एक पैदलयात्री छन् । गाडीमा रहेका चार जना न्यायाधीश घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

Pakistan Bisfot

विशेष