विदेश

भारतलाई चीनले ‘आगोसँग नखेल्न’ चेतावनी दियो

भारतलाई चीनले ‘आगोसँग नखेल्न’ चेतावनी दियो

फागुन ५ । चीनले भारतलाई ‘आगोसँग नखेल्न’ चेतावनी दिएको छ । उसले दुई देशबीचको सम्बन्ध मित्रवत् राख्न भारतका तर्फबाट ‘एक चीन’ नीति को सम्मान गरिनुपर्ने पनि प्रष्ट पारेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ ताइवानको एक संसदीय प्रतिनिधिमण्डको भारत भ्रमण लगत्तै चीनले भारतलाई यस्तो चेतावनी दिएको हो । ताइवानको संसदीय प्रतिनिधिमण्डलको भारत भ्रमणप्रति चीनले कडा आपत्ति जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआङ्गले भने, ‘हामीलाई विश्वास छ, भारतले चीनको चासो र चिन्तालाई बुझ्ने छ ।’ भारत ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहने र ताइवानसँग सम्बन्धित विषयलाई समझदारीमा अघि बढाउने अपेक्षा चीनले गरेको पनि उनले बताए । यसबाट नै भारत र चीनबीचको सम्बन्ध सुमधुर हुने उनको भनाइ थियो ।

India chaina

विशेष