विदेश

बहिर्गमीत बेलायत, आयरल्याण्ड र युरोपको लागि अहितकर

बहिर्गमीत बेलायत, आयरल्याण्ड र युरोपको लागि अहितकर
फागुन  - ५ । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बेलायत स्वयं, आयरल्याण्ड र युरोपकै लागि पनि अहितकर रहनेमा आयरल्याण्ड (दक्षिण) का टाओइसिच (प्रधानमन्त्री) एन्डा केन्निले आफ्नो निरन्तर विश्वास रहेको बताए । ब्रेक्जिट विशुद्ध बेलायतको नीति हो अर्थात युरोपेली संघको पनि एक प्रकारको पछिल्लो नीति पनि हो तर यो आयरल्यान्डको नीति हुँदै नभएको, तर, जनमत सङ्ग्रहको परिणामलाई सदैव सम्मान गर्ने, अब बेलायतले चाहेर पनि ब्रेक्जिटलाई इन्कार गर्न नसक्ने तथ्य आफूले राम्ररी बुझेको डब्लिनमा आयोजित इन्स्टिच्युट अफ इन्टरनेसनल एण्ड युरोपियन एफेयर्सका चिन्तक तथा बिश्लेषकहरुको एक सम्मेलनमा प्रमुख वक्ताका रुपमा प्रधानमन्त्री केन्निले सो विचार ब्यक्त गरे । ब्रेक्जिट बारे उत्तरी आयरल्याण्डको आम जनधारणाबारे बोल्दै प्रधानमन्त्री केन्निले १८ लाख जनसङ्ख्या रहेको उत्तरी आयरल्याण्डमा केबल तीनलाख ५० हजारभन्दा कमले मात्र ब्रेक्जिटको समर्थनमा मत ब्यक्त गरेका थिए । बहूसङ्ख्यक जनताले बिपक्षमा मत दिएका (अर्को शव्दमा भन्ने हो भने युरोपेली संघकै नागरीक भइ सकेका) ले युरोपेली संघबाट बेलायतको बहिर्गमन पश्चात् आफ्नो मातृभूमिको समुन्नति र कल्याणमा बाधा अड्चन पैदा हुने हो कि भन्नेमा चिन्ता र चासो ब्यक्त गरिरहेकाले यसको कसरी कदर र मूल्याङ्कन गर्नु पर्छ सो बेलायतका दिग्गजहरुले नै जानून् भनेका छन् । समग्र आयरल्याण्डको आर्थिक समुन्नतिमा ब्रेक्जिटले गम्भीर र प्रत्यक्ष खतरा पैदा गर्न सक्ने भनी प्रधानमन्त्री केन्निले चिन्ता ब्यक्त गरे ।

बहिर्गमन बेलायत

विशेष