विदेश

फ्रान्सका प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने

फ्रान्सका प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने
फागुन - ५ । फ्रान्सका प्रधानमन्त्री बेर्नाड काजेनुभले आगामी हप्ता चीनको भ्रमण गर्ने भएका छन्। उनको औपचारिक भ्रमण यही फेब्रुअरी २१ देखि २३ सम्म हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता प्रेमियर लि क्विङले जानकारी दिए। भ्रमणका क्रममा फ्रान्सका प्रधानमन्त्री काजेनुभले चीनका राष्ट्रपति छि जिनपिङ र शीर्ष सांसदहरूलाई भेटघाट गर्ने कार्यक्रम रहेको प्रवक्ता क्विङले नियमित पत्रकार सम्मेलनमा बताए। काजेनुभले बेइजिङ बाहेक ह्वानको पनि भ्रमण गर्नेछन्। प्रवक्ता क्विङले विश्वमा शान्ति, स्थायीत्व र विकासका लागि योगदान गर्न चीनले फ्रान्ससँग बलियो र दिगो सुमधुर सम्बन्ध स्थापित गर्न चाहेको बताए। 'चीनले आशा गरेको छ की, काजेनुभको चीन भ्रमणले दुई देशको सम्बन्ध र आपसी मित्रता थप बलियो भई सहकार्यका क्षेत्रहरू विस्तार हुनुका साथै अन्य पक्षमा पनि सकारात्मक प्रभाव पर्नेछ,' उनले भने।

Bernard Cazeneuve

विशेष