News

तीन निर्वाचन आयुक्तको पदवहालीसँगै अायाेगले पूर्णता पायाे

तीन निर्वाचन आयुक्तको पदवहालीसँगै अायाेगले पूर्णता पायाे
फागुन – ५ । तीन जना नवआयुक्तले पदवाहली गरेसँगै बिहीबारदेखि निर्वाचन आयोगले पूर्णता पाएको छ । नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधिरकुमार शाहले निर्वाचन आयुक्तका रुपमा पदवहाली गरेसँगै आयोगले पूर्णता पाएको हो । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा तीनैजनाले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गरेसँगै तीनैजनाले बिहीबार नै पदवहाली गरेका छन् । प्रमुख आयुक्तसहित पाँचजना पदाधिकारी हुनुपर्ने आयोगमा यसअघि प्रमुख आयुक्त यादव र आयुक्त इला शर्मा मात्र थिए । तीनजनाको नाम संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले उनीहरुलाई नियुक्त गरेकी हुन् । निर्वाचन आयोगलाई संवैधानिक व्यवस्था अनुसार एक वर्ष भित्र तीनै तहको निर्वाचन सम्पन्न गराउनुपर्ने दायित्व छ । सरकारले स्थानीय तहको निर्वाचनको तयारी थाल्न आयोगलाई सुझाव दिए पनि अझै मिति तोक्न सकेको छैन ।

विशेष