यौन-शिक्षा News

नेपालमा ६ वर्षभित्र महिला यौनकर्मीको संख्या दोब्बर–अध्ययन

नेपालमा ६ वर्षभित्र महिला यौनकर्मीको संख्या दोब्बर–अध्ययन
फागुन–५ । नेपालमा पछिल्ला ६ वर्षमा महिला यौनकर्मीहरुको संख्या दोब्बर भएको एक अध्ययनले देखाएको छ । सन् २०१० मा नेपालमा करिब २८ हजार यौनकर्मी महिला रहेकोमा अहिले त्यो संख्या बढेर ५४ हजारको हाराहारीमा पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययन प्रतिवेदनमा जनाइएको छ । सेभ द चिल्ड्रेन र ग्लोबल फण्डसँग सम्बन्धित राष्ट्रिय सञ्जालहरु र अन्य साझेदार निकायको सहयोगमा अध्ययन चार महिना लगाएर गरिएको थियो । सुइबाट लागुपदार्थ लिने व्यक्तिहरुको संख्या पनि ३४ हजारको हाराहारीमा रहेको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ । देशभरका ४४ जिल्लालाई केन्द्रित गरि सम्पन्न गरिएको उक्त अध्ययनले काठमाडौं उपत्यकामा मात्र महिला यौनकर्मीहरुको संख्या ११ हजार ६ सय ७० रहेको अनुमान गरेको छ । २०७३ साल भदौदेखि मंसिरसम्म गरिएको अध्ययनले नेपालमा एक लाख ११ हजार ८५२ पुरुषमध्ये करिब २४ हजारको हाराहारीमा तेस्रोलिंगी, २० हजार ६२५ पुरुष यौनकर्मी तथा ६८ हजार ६४ समलिंगी पुरुष रहेको अनुमान गरिएको छ । काठमाडौंपछि भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, बाँकेलगायतका जिल्लाहरुमा उनीहरुको संख्या बढी रहेको उल्लेख छ । राजनीतिक अस्थिरताका कारण उब्जिएको बेरोजगारी समस्या, खुल्ला सीमालगायतका कारण यौनकर्मी महिला पुरुषको संख्या वृद्धि भएको निष्कर्ष अध्ययनको छ ।

अध्ययन नेपाल यौनकर्मी

विशेष