विचित्र विश्व विदेश

चीनमा दुलही पाउनै मुस्किल, तीन करोडभन्दा धेरै पुरुष अविवाहित

चीनमा दुलही पाउनै मुस्किल, तीन करोडभन्दा धेरै पुरुष अविवाहित
फागुन - ५ । चीनमा ३० वर्ष उमेर पार गरेका अविवाहित पुरुषहरुका लागि एउटा खास नाम छ ‘शेगनान’ । यसको अर्थ ‘बचेका पुरुष’ जसलाई अहिलेसम्म विवाह गर्नका लागि केटी मिलेको छैन ।
संसारकै सभैभन्दा धेरै जनसंख्या भएको देश चीनमा विवाह नभएका पुरुषको संख्या अत्याधिक छ । यसको एउटै कारण हो चीनमा बिग्रिदै गरको लैंगिक अनुपात । एउटा अनुमानअनुसार सन् २०२० सम्ममा चीनमा तीन करोडभन्दा धेरै पुरुष कुमारै हुने छन् । चीनको एक सन्तान (वन चाइल्ड) नीति सन् २०१५ मा सरकारले खारेज गरेपनि यसको असर कयौँ दशकसम्म देखिन बताइन्छ । चीनमा एक सन्तान नीतिका कारण केटीको तुलनामा केटाको संख्या अत्याधिक बढेको छ । अझै यो समस्या बढ्ने विज्ञहरु बताउँछन् । यही कारणले चीनमा विवाहको लागि केटी खोज्न मुस्किल भएको छ । त्यसैले केटाहरुले केटीलाई विवाहको लागि मनाउन नयाँ–नयाँ तरिका अपनाउँदै छन् । सन् २०१५ मा ४० वर्ष पार गरेका चिनियाँ व्यापारीले विवाहको लागि केटाकेटी मिलाइदिने संघाइको एउटा एजेन्सी विरुद्ध मुद्दा दायर गरे । उनका अनुसार १० लाख डलर लिएर एजेन्सीले उनको लागि दुलही खोज्न सकेन । त्यस्तै, चीनको दक्षिणी शहर ग्वांगजोमा एक कम्प्युटर प्रोग्रामरले आफ्नी प्रेमिकालाई ९९ वटा आईफोन दिएर विवाहका लागि प्रस्ताव गरे । उक्त प्रस्तावलाई लिएर सामाजिक सञ्जालमा धेरै चर्चा पनि भयो । तर उनी प्रमिकाले विवाह गर्न अस्वीकार गरिन् । चिनियाँ नयाँ वर्ष कुमार केटा र कुमारी केटीलाई एकआपसमा मिलाउने मौका मानिन्छ । जनावरी–फरवरीको बीचमा नयाँ वर्षको अवसरमा घर परिवारका सदस्यहरुले कुमार कुेटा केटीलाई एकआपसमा मिल्ने वातावरण मिलाइदिने गर्दछन् । तर, अब परम्परागत मान्यताहरु पछि छुटेका छन् र चीनमा अनलाइन डेडिङ धेरै लोकप्रिय भएको छ । म्यासेजिङ एप वी च्याट चीनमा धेरै चर्चित छ । ‘पछिल्लो केही वर्षमा चीनमा पनि पश्चिमी देशमा जस्तै डेटिङलाई लिएर खुल्लापन बढेको छ ।’ जुन लीले भन्छन् – ‘युवाहरुसँग धेरै विकल्प छन्, अभिभावकले भन्दा उनीहरुले आफ्नो मनको कुरा बुझ्छन् ।

अविवाहित

विशेष