विदेश

गुप्तचर निकायलाई अमेरिकासँग सहकार्य गर्न पुटिनकाे सुझाव

गुप्तचर निकायलाई अमेरिकासँग सहकार्य गर्न पुटिनकाे सुझाव
फागुन - ५ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाली गुप्तचर निकायलाई अमेरिकी समकक्षी निकायसँग सहकार्य गर्दै आतङ्कवादविरुद्धको अभियानलाई मजबुत पार्नुपर्ने आवश्यकता रहेको बताएका छन्। अमेरिकाको विशेष सेवा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सदस्य राष्ट्रसँगको कुराकानीलार्इ पुनःस्थापित गर्नु हामीहरुको पारस्परिक चासोको विषय भएको छ । रसियाली राष्ट्रपति पुटिनले रसियाली सङ्घीय सुरक्षा ब्युरो (एफएसबी) सँगको कुराकानीका क्रममा बताए । सम्बन्धमा आएको गतिरोध वा सम्बन्ध विकासमा समस्या आउनुमा रसियाको गल्ती नभएको बताउँदै आतङ्कवादविरोधी कार्यमा सम्पूर्ण जिम्मेवार राष्ट्रबीच सहकार्य हुनु विल्कुल आवश्यक विषय भएको छ, पुटिनले एफएसबीसँगको कुराकानीमा बताए । अमेरिकी प्रशासनको नेतृत्वमा राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि रसिया र अमेरिकाको सम्बन्ध सुधारको सङ्केत देखिएको बेला पुटिनको यो भनाई आएको छ । रसियाली राष्ट्रपतिले आतङ्कवादी च्यानल र स्रोतहरुका बारेमा आदानप्रदान हुने सामान्य सूचना आतङ्कवादीविरुद्धको अभियानमा एउटा कोसेढुृङ्गा हुनसक्ने बताए । तर अमेरिकी राष्ट्रपति ट्रम्पको रसियासँगको सम्बन्ध र रसियाको अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको भन्ने विषय अमेरिकी राजनीतिक जगत्मा ठूलो चर्चांको विषय बनेको छ ।

भ्लादिमिर पुटिन

विशेष