विदेश

इयु छोड्न दिने सुझावलाई आयरल्यान्डले स्वीकार नगर्ने

इयु छोड्न दिने सुझावलाई आयरल्यान्डले स्वीकार नगर्ने
फागुन - ५ । आयरल्यान्डका प्रधानमन्त्री टाओइसिच (प्रधानमन्त्री) एन्डा केन्नीले युरोपेली सङ्घ (इयु) छोड्नु पर्छ भन्ने कुनै पनि सुझावलाई स्वीकार नगर्ने बताएका छन् । युरोपेली सङ्घ (इयु) छोड्नु पर्छ भन्ने कुनै पनि सुझावलाई पूर्णरुपमा अस्वीकार गर्ने केन्नीले डब्लिनमा आयोजित इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड युरोपियन एफेयर्सका चिन्तक तथा विश्लेषकहरुको एक सम्मेलनमा प्रमुख वक्ताका रुपमा बताए । उनले आयरल्यान्डको समृद्धि र आधुनिक समाजको आधारशीलालाई सहयोग गर्ने उद्देश्यले इयुको सदस्य भएको स्मरण गर्दै त्यसलाई कहिल्यै नभुल्ने र परिवर्तन नगर्ने स्पष्ट पारे। उनले युरोपेली सङ्घको सदस्यता आयरल्यान्डको समस्या समाधान गर्न सहयोगी हुनुका साथै अन्तर्राष्ट्रिय शान्ति स्थापना, सुरक्षा व्यवस्थापन, आतङ्कवाद, आप्रवासी, जलवायु प्रदूषणलगायतका विषयमा संयुक्त रुपमा काम गर्न सफल भएको कुरामा जोड दिए ।

Irish Prime Minister Edna Kenny

विशेष