विदेश

संचारमाध्यम बेइमान भएको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप

संचारमाध्यम बेइमान भएको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप

फागुन ६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रेस जगत नियन्त्रणभन्दा बाहिर गएको भन्दै मीडियाको तीखो आलोचना गरेका छन् ।

उनले शुरुवाती दिनमा आफूले निकै राम्रो काम गरे पनि सञ्चारमाध्यमले त्यसको आलोचना गरेको भन्दै मीडियाप्रति रोष प्रकट गरेका हुन् ।

ह्वाइट हाउसमा बोलाइएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेलगत्तैदेखि देशभित्र र बाहिर आफूले अफ्ठ्यारा परिस्थितिमात्र ब्यहोर्नु परेको तर सञ्चारमाध्यमले भने त्यस स्थितिको ख्याल नगरी आलोचनामा समय खर्चेको टिप्पणी गरे ।

मीडिया अत्यन्तै बेइमान भइसकेको भन्दै ट्रम्पले अब यसबारे चर्चा नगर्ने हो भने अमेरिकी जनतामा ठूलो नोक्सान ब्यहोर्नुपर्ने बताए ।

शेयर बजारमा भएको सुधार र गैरकानूनी आप्रवासीमाथि गरिएको कारवाही यस अवधिको उपलब्धि भएको जिकीर पनि उनले गरे । यात्रा प्रतिबन्धसम्बन्धमा आउँदो हप्ता संशोधित कार्यकारी आदेश ल्याइने जानकारी पनि उनले दिए, जसमा अदालतको आदेशलाई ख्याल गरेर प्रबन्धहरु गरिने छ ।

रुससँग राम्रो सम्बन्ध विकास गर्न खोजिएकामा मीडियाले साथ नदिएको उनको आरोप छ ।

Donald Trump

विशेष