सरकारी कागज किर्ते गर्ने प्रधानाध्यापक पक्राउ

फागुन–६ । सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा दस्तखत किर्ते गरेको आरोप लगाउँदै गएको असारमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरी दर्ता गरेकै दिनदेखि फरार रहेका ओझालाई शुक्रबार सदरमुकाम गोठलापानीबाट पक्राउ गरिएकाे हो । रासस
किर्ते
प्रधानाध्यापक
सरकारी कागज