विदेश

घुस दिएको आरोपमा सामुसङ कम्पनीका मालिक पक्राउ

घुस दिएको आरोपमा सामुसङ कम्पनीका मालिक पक्राउ
फागुन - ६ । कोरियन कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका मालिक तथा कार्यकारी अध्यक्ष ली जे योंग उर्फ जे वाई लीलाई प्रहरीले पक्राउ गरेको छ । दक्षिण कोरियाकी निलम्बित राष्ट्रपति पार्क गुन हेलाई ४० मिलियन डलर (करिव ४१६ करोड) घुस दिएको आरोपमा उनलाई साउल प्रहरीले पक्राउ गरेको हो । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार दुई वटा कम्पनीलाई मर्ज गर्ने प्रक्रियामा आवश्यक सहयोग गर्नका लागि राष्ट्रपति पार्कलाई उनले घुस दिएको आरोप छ । तर, सामसुङले भने उक्त घटनाको खण्डन गर्दै आएको छ । सामसुङले एक विज्ञप्ति निकाल्दै कम्पनीले घुस दिएको र राष्ट्रपति पार्कलाई सहयोग गरेको आरोप गलत भएको बताएको छ । उनलाई साउल अदालतले १० घण्टा लामो सुनुवाइपछि प्रहरीले पक्राउ गरेको हो । अदालतले केही दिन पहिला प्रमाण नपुगेको भन्दै पक्राउ आदेश खारेज गरेको थियो । वकिलले थप प्रमाण पेस गर्ने बताएका थिए । जनावरीमा पनि सामसुङका मालिक लीलाई घुस दिएको आरोपमा साउल प्रहरीले २२ घण्टासम्म सोधपुछ गरेको थियो । प्रहरीले सोधपुछका क्रममा उनलाई सुत्न नदिइ २२ घण्टा राखेको थियो भने खानामा साधारण पाँच डलरको खाना प्याकेट दिएको थियो । उनीमाथि निलम्बित राष्ट्रपति पार्कको नजिकको पाउडेसनलाई पनि आर्थिक सहयोग गरेको आरोप छ । उक्त सहयोग नेशनल पेन्सन फण्डमा जाने बताइए पनि सामसुङले दुईवटा संस्थालाई मर्ज गर्नका लागि राष्ट्रपति पार्कलाई फकाउन सहयोग गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् । सामसुङ कम्पनीको नेटवर्थ ६४ हजार करोड रुपैयाँ छ । उनी सियोलमा ४०० करोडको महलमा बस्छन् । तर, उनीमाथि लागेको आरोप प्रमाणित भएमा ७० स्क्वेयर फिटको जेलमा बस्नु पर्ने छ । त्यहाँ उनले एक दिनमा ३० मिनटभन्दा वढी कुराकानी गर्ने पाउने छैनन् ।

सामुसङ

विशेष