News

शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकको विश्वास जित्न सक्नुपर्छ : मन्त्री पौडेल

शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकको विश्वास जित्न सक्नुपर्छ : मन्त्री पौडेल
फागुन–६ । शिक्षामन्त्री धनीराम पौडेलले नेपालको शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकको विश्वास जित्न सक्नुपर्ने बताएका छन् । उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान)को राष्ट्रिय भेलाको शुक्रबार उद्घाटन गदै उनले उच्च शिक्षा अध्ययन गर्न विदेशमा विद्यार्थी गरिहेकाले हाम्रो शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकको मन जित्नुपर्ने बताए । मन्त्री पौडेलले भने ‘‘गुणस्तरको हिसाबले हामी कमजोर नभए पनि विश्वास जित्न सकेनौ । अब विश्वास जित्ने खालको शिक्षामा सुधार गर्नुपर्दछ ।’’ हामीले हाम्रा शिक्षा प्रणालीमा विद्यार्थीको विश्वास जित्न नसकेर हामी विदेशमा विद्यार्थी पठाउने बाध्य भएको बताउँदै उनले उच्च शिक्षाका समस्यालाई सम्बोधन गर्ने गरि शिक्षा नियमावली ल्याउन थालेको जानकारी गराए । मन्त्री पौडेलले नियमावलीको सन्र्दभमा अन्य मन्त्रालयसंग राय सुझाव सङ्कलन भइरहेको बताउँदै भने ‘‘सबै सरोकार पक्षलाई समेटेर चाडै नै नियमावली ल्याउँछौ ।’’ व्यवस्थापिका संसद्का महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिका संयोजक रञ्जुकुमारी झाले निजी कलेजले गुणस्तरीय शिक्षालाई ध्यान दिनुपर्नेमा जोड दिइन् । मन्त्रालयका प्रवक्ता डा हरि लम्साल र राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्ली रेग्मीले निजी कलेजका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै उच्च माध्यामिक नभएको अवस्थामा हिसानको नाम परिवर्तन गर्नुपर्ने बताए । हिसानका अध्यक्ष रमेश सिलवालले शिक्षा क्षेत्रमा निजी क्षेत्रको उल्लेखनीय योगदान भएको उल्लेख गदै राज्यले निजी क्षेत्रलाई समेट्नुपर्ने बताए । भेलामा देशभरिका एक सय प्रतिनिधि सहभागी भएका छन् । रासस

विश्वास शिक्षा प्रणाली शिक्षामन्त्री धनीराम पौडेल

विशेष