विदेश

आप्रवासी र प्रहरीबीच झडप १३ घाइते

आप्रवासी र प्रहरीबीच झडप १३ घाइते
फागुन ७ । अफ्रिकाबाट युरोप प्रवेश गर्ने क्रममा आप्रवासी र प्रहरीबीच झडप हुँदा १३ जना घाइते भएका छन् । झडपका बीच ५ सय आप्रबासी स्पेनिस भुमिमा प्रवेश गर्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उत्तर अफ्रिकाको मोरोक्को सँग सिमा जोडिएको स्पेनिस सेउटा नामक स्पेनिस क्षेत्रमा आप्रबासी प्रवेश गरेको बीबीसीले जनाएको छ । २० फिट अग्लो सुरक्षा बार माथि चढेर उनीहरुले प्रवेशको प्रयास गरेका थिए । ७ सय भन्दा बढि आप्रवासीले प्रयास गरेपनि ५ सयले रेजर सहितको तारबार पार गर्न सकेका हुन् । अफ्रिका सँग जोडिएको युरोपेली भुमिमा प्रवेश गरेपछि उनीहरुले नाचगान गर्दै खुसीयाली मनाएका थिए । सेउटा अफ्रिकामा रहेको स्पेनीस भुमि भएकाले स्पेनको मुख्यभुमि पुग्न समुन्द्र पार गर्नुपर्नेछ ।

jhadap

विशेष