राजनीति News

सबै दलको समन्वयमा चुनावको मिति घोषणा हुन्छ - प्रधानमन्त्री

सबै दलको समन्वयमा चुनावको मिति घोषणा हुन्छ - प्रधानमन्त्री
फागुन - ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलको छलफल र समन्वयमा चुनावको मिति घोषणा गर्ने बताएका छन् । शनिबार प्रथम निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले स्थानिय तहको प्रतिवेदनलाई स्वीकार्य बनाई निर्वाचनको मिति घोषणा गर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले चुनावसँग सम्बन्धित राजनीतिक र कानुनी मुद्दाको टुंगो अन्तिम अवस्थामा पुगेको जानकारी दिदै नयाँ संविधान कार्यान्वयनका लागि चुनाव अपरिहार्य भएकाले जेठमा स्थानीय तहको चुनाव हुनेमा शंका नगर्न आग्रह गरे । उनले चुनावलाई राष्ट्रिय अभियानकै रुपमा लिई पूर्ण रुपमा साथ दिन सबै राजनीतिक दलहरुलाईसमेत आग्रह गरे । साथै, उनले उमेर पुगेका कोही पनि नेपाली नागरिकको नाम मतदाता सूचिमा नछुटाउन आयोगको ध्यानाकर्षण गराए । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ७३ असोज मसान्तसम्म १८ वर्ष उमेर पुगेका नागरिकको मतदाता नामावली संकलन गरी अन्तिम मतदाता नामावली तयार गर्ने काम टुंगोमा पुग्नै लागेको जानकारी दिए । उनले मतदाता परिचय पत्र वितरणको तयारीसमेत गरेको बताए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष