विदेश

भारतको तामिलनाडुमा पलनीसामीले पाए विश्वासको मत, सभामुखको सर्ट च्यातियो, माइक भाँचियो

भारतको तामिलनाडुमा पलनीसामीले पाए विश्वासको मत, सभामुखको सर्ट च्यातियो, माइक भाँचियो
फागुन - ७ । भारतको तामिलनाडु राज्यको नयाँ मुख्यमन्त्री एकदपादी पलनीसामीले विश्वासको मत जितेका छन् । व्यापक झडप र तोडफोडकाबीच शनिबार भएको विधानसभाको विशेष ध्वनीमतका आधारमा उनले विश्वासको मत जितका हुन् । उनको पक्षमा १ सय २२ सभासदले मतदान गरेका छन भने ११ सभासद विपक्षमा उभिएका छन् । विपक्षी कंग्रेस, डीएमके र पनीरसेल्बमको खेमाले विश्वासको मत गोप्य मतदानबाट हुनुपर्ने माग गरेका थिए । तर, सभामुखले यो माग अस्वीकार गरेपछि तोडफोड सुरु भएको थियो । झडपकाक्रममा सभामुखले आफ्नो सर्ट च्यातिएको बताएका छन् । अराजक स्थितिकाबीच आफू अपमानित हुनुपरेको उनको भनाइ छ । तर, डीएमकेका सांसदहरुले भने सभामुख आफैंले सर्ट च्यातेको दाबी गरेका छन् । सभामुखको टेबलमा राखिएको माइकसमेत भाँचिएको बताइएको छ । विधानसभाको कारबाही स्थगित हुनुभन्दा पहिले सभामुखले डीएमकेका सदस्यहरुलाई सदनबाट बाहिर निकाल्न आदेश दिएका थिए । यसपछि सदनमा फेरि हंगामा सुरु भएको थियो । गत विहीबार उनले मुख्यमन्त्रीको शपथ लिएका थिए । यसअघि मुख्यमन्त्री बनाउने तयारी गरिएकी नेतृ शशिकलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष जेल सजाय पाएपछि पलनीसामीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । – एजेन्सी

तामिलनाडु

विशेष