क्यालिफोर्नियामा ६ वर्षयताकै ठूलो आँधी, दुईको मृत्यु, जनजीवन अस्तव्यस्त

फागुन ७ । अमेरिकाको क्यालिफोर्निया राज्यमा आएको भीषण आँधीमा परी कम्तीमा दुईजनाको मृत्यु हुनुका साथै जनजीवन अस्तव्यस्त भएको छ । यो पछिल्लो ६ वर्षयताकै ठूलो आँधी भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आँधीपछिको मुसलधारे वर्षा र बाढीका कारण लस एन्जेलसकामा सयौं घर खाली गरिएको छ । लस एन्जेलस अन्तर्राष्ट्रिय विमान स्थलबा उडने २ सय ५० भन्दा बढी उडान रद्ध गरिनुका साथै यातायात र विद्युतसेवा समेत प्रभावित भएको छ ।
क्यालिफोर्नियामा पाँच वर्षयताको खडेरीपछि आएको वर्षाका कारण रित्तिएका रिजर्भायरहरु भरिएका छन् । त्यस्तै क्यालिफोनियाको सियरा नेवादा पहाड हिउँले ढाकेको छ ।
आँधी
क्यालिफोर्निया
