टर्कीमा कारबम विस्फोट, एक बालकसहित दुईको मृत्यु

फागुन - ७ । टर्कीमा एक आवासीय परिसरमा कारबम विस्फोट हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । टर्कीको दक्षिणपूर्वी क्षेत्रको भिरानशेहिर शहरमा अवस्थित आवासीय क्षेत्रमा पार्किङ स्थलमा विस्फोटक पदार्थले भरिएको कार विस्फोट भएको स्थानीय अधिकारीले जनाएका छन् ।
विस्फोटका कारण उक्त भवनमा ठूलो क्षति पुगेको अधिकारीले जनाएका छन् । विस्फोटबाट वरपरका घरहरुमा समेत क्षति पुगेको छ । कुर्दिश वर्कश पार्टीले विस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । विस्फोटमा संलग्न रहेको आशंकामा सवारी मालिकसहित २६ जनालाई हिरासतमा लिइएको छ ।
टर्की