विदेश

अमेरिकामा भीषण आँधी ४ जनाको मृत्यु

अमेरिकामा भीषण आँधी ४ जनाको मृत्यु
फागुन ८ । अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीमा परेर चार जनाको मृत्यु भएको छ भने थुपै्रं घाइते भएका छन् । आँधीबाट लाखौं मानिस प्रभावित बनेका छन् । केही वर्षयताकै ठूलो मानिएको आँधीले जनजीवन नराम्ररी प्रभावित भएको हो । बोम्बोजेनेसिस नाम दिइएको आँधीसँगै आएको ठूलो पानी र बाढीका कारण क्यालिफोर्नियाका डेढ लाखभन्दा धेरै घरमा बिजुलीको आपूर्ति बन्द भएको छ । लस एन्जलस नजिक पहिरोको जोखिम बढेपछि सयौं घर खाली गरिएको छ । वैज्ञानिकहरुले यस आँधीलाई ‘वेदर बम’को संज्ञा दिएका छन् । पाँच वर्ष लामो खडेरीपछि यो अतिवृष्टि भएको मौसमविदहरुले बताएका छन् । यसै हप्तामात्र ठूलो पानीका कारण उत्तरी क्यालिफोर्नियाकै ओरोविल बाँध फुट्ने आशंकामा करिब दुई लाख मानिसलाई अन्यत्र सारिएको थियो ।

America

विशेष