विदेश

अर्जेन्टिनामा बस दुर्घटना १९ जनाको मृत्यु

अर्जेन्टिनामा बस दुर्घटना १९ जनाको मृत्यु
फागुन ८ । अर्जेन्टिनामा एक कोच बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । चीलीको सिमानमा भएको दुर्घटनामा १९ जनाको ज्यान गएको अर्जेन्टिनाका अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचारसंस्था बिबिसीले जनाएको छ । उक्त बस हिमालबाट फर्किरहेको बताएको छ । मृत्यु हुनेमा तीनजना बच्चा सहित अर्जेन्टिनाका नागरिक रहेको समेत बताईएको छ । त्यस्तै चीली, हाइटी र कोलम्बियाका नागरिक पनि रहेका थिए । उक्त दुर्घटनाबाट घाइते भएकाहरुले बस ओभर स्पिड भएर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

Arjentina

विशेष