News

आईजीपी नियुक्ति प्रकरणको सुनुवाई पर्सिसम्मलाई सर्‍यो

आईजीपी नियुक्ति प्रकरणको सुनुवाई पर्सिसम्मलाई सर्‍यो

फागुन ८ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणको सर्वोच्च अदालतमा आज हुने भनिएको सुनुवाई मंगलबारसम्मको लागि सरेको छ ।

आईजीपी जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णयमा अधिवक्ता कपिलदेव ढकालले दर्ता गरेको पुरक निवेदन महान्यायाधिवक्ता कार्यालय र जयबहादुर चन्दलाई जानकारी नभएको खुलेपछि सुनुवाई दुई दिनका लागि सरेको हो ।

सुनुवाईलाई यसअघि एकल इजलाशले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तर दिने कि नदिने भन्नेमा केन्द्रित गराउने तयारी सर्वोच्च अदालतको थियो । गत साता प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्रहरी महानिरीक्षक प्रकरणमा अधिवक्ता कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए । वरीयताक्रममा पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई पाखा लगाउँदै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा चन्दलाई आईजीपी बनाउने निर्णय गरेको भन्दै ढकालले रिट दायर गरेका थिए । सर्वोच्चले दुई रिटलाई एक ठाउँमा राखेर सुनुवाई गर्ने आदेश दिएको थियो ।

Jayabahadur chand

विशेष