News

रुपन्देहीको सिलौटिया तनावग्रस्त, चौकीबाटै हतियार लुटियो

रुपन्देहीको सिलौटिया तनावग्रस्त, चौकीबाटै हतियार लुटियो
फागुन–८ । रुपन्देहीको सिलौटीया गाविसबाट आईतबार दिउँसो प्रहरी चौकीबाट हतियार लुटिएको छ । चौकीबाट प्रहरीले बोकेको एसएलआर लुटिएको प्रहरीले जनाएको छ । शनिबार सिके राउतका कार्यकर्ताले मझगावामा गर्न लागेको कार्यक्रममा प्रहरीले अवरोध गरेपछि शनिबार बिहानैदेखि सो क्षेत्रमा प्रहरी र कार्यकर्ताबीच झडप समेत भएको थियो । स्थानीयहरुले प्रहरी चौकी वाडवलीयामा ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर तथा दर्जनौं अश्रुग्यास प्रहार गरेको जनाइएको छ । झडपका कारण केही प्रहरी तथा आक्रमणमा संलग्न व्यक्तिहरु घाइते भएका छन् ।

तनावग्रस्त रुपन्देही सिलौटिया

विशेष